coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रिय आविष्कार केन्द्रलाई प्याब्सनको दुईलाख सहयोग

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन सहयोग रकम ग्रहण गर्दै । तस्बिरः नागरिक

नीजि विद्यालयको छाता संस्था प्याब्सन कास्कीले राष्ट्रिय आविष्कार केन्द्रलाई नगद सहयोग गरेको छ । प्याब्सन कास्कीले संस्था स्थापना भएको ३१ औं वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरादायित्व बहन अन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख रुपैयाँ सहयोग गरेको हो ।

वार्षिकोत्सव विशेष कार्यक्रममा प्याब्सन कास्कीको तर्फबाट पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई उक्त रकमको चेक हस्तान्तरण गरे । सो अवसरमा प्याब्सन कास्कीले पोखरा महानगरपालिकाको शिक्षा महाशाखालाई १० हजार थान मास्कसमेत सहयोग प्रदान गरेको छ ।  

त्यस्तै, प्याब्सन कास्कीले वार्षिकोत्सवको अवसरमा विद्यालय स्थापना भएको २५ वर्ष पुरा गरेका ६ वटा विद्यालयलाई सम्मान गरेको छ । प्याब्सन कास्कीले नेपाल आदर्श आवासीय विद्यालय, ग्लोवल कलेजियट, रेन्वो एकेडेमी, न्यू ईरा एकेडेमी, सवलाइम एकेडेमी, र लिटिल डेफोडिल वोर्डिङ स्कुललाई सम्मान गरेको हो । 

प्रकाशित: २५ पुस २०७७ ०८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App