७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

एक पत्रकारसहित विप्लव नेकपाका ५ जना पक्राउ

प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ। कास्की प्रहरीले गएराती एक पत्रकारसहित विप्लवका ५ जनालाई पक्राउ गरेको हो।

सातौं पार्टी पुर्नगठन दिवसको सन्दर्भ पारेर नेकपाले सोमबार पोखरा महानगरपालिका वडा नम्बर ३३ को देउरालीस्थित सुकुम्बासी बस्तीमा आयोजना गरेको जनसभामा सहभागी ५ जनालाई पक्राउ गरेको हो। प्रहरी र नेकपा दुबैले १ पत्रकारसहित ५ जना पक्राउ गरेको पुष्टि गरिसकेका छन्। तर पक्राउ स्थलबारे प्रहरी र नेकपाको फरक÷फरक दाबी छ। प्रहरीले जनसभा स्थलबाटै पक्राउ गरेको दाबी गरेको छ भने नेकपा कास्कीले जनसभा सकिएर फर्किने क्रममा बाटोमा पक्राउ गरेको दाबी गरेको छ।

पक्राउ पर्नेमा पत्रकार राजकुमार घिमिरे रहेका छन्। घिमिरे सञ्चार केन्द्र डटकमका पोखरा प्रतिनिधि हुन् भने पोखरापाटी डटकमका सञ्चालक हुन्। तर प्रहरीले विप्लवका कार्यकर्ता भएकाले पक्राउ गरेको बताएको छ। घिमिरेकी पत्नी गृष्मा गुरुङ घिमिरेले जनसभा कार्यक्रमको रिपोर्टिङका लागि गएका बेला श्रीमान पक्राउ परेको बताएकी छन्। उनले श्रीमानको रिहाईका लागि पहल गरिदिन पत्रकार संघसंस्थासँग आग्रहसमेत गरेकी छन्।

घिमिरेलाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो। त्यसबेला नेपाल पत्रकार महासंघको मिसन टोलीको पहलमा घिमिरेलाई रिहा गरिएको थियो। त्यस्तै, प्रहरीले नेकपाका कार्यकर्ताहरु कुमार परियार, यामप्रसाद भट्टराई, कालीबहादुर पाण्डे र विशाल श्रेष्ठलाई पनि पक्राउ गरेको छ।

यसैबीच, पत्रकार घिमिरेलाई पक्राउ गरिएको प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघ गण्डकी प्रदेशका महासचिव गणेश ढकालले मंगलबार विज्ञप्ती निकाल्दै घिमिरेलाई पक्राउ गरिएकोप्रति भत्र्सना गर्दै बिना शर्त स-सम्मान रिहाई गर्न माग गरेका हुन्। विज्ञप्तीमा स्वतन्त्र प्रेसको सम्मान गर्न माग गरिएको छ।

प्रकाशित: ९ मंसिर २०७७ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App