२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडौबाट घर फर्किएका १ सय ७७ जना ताप्लेजुङका क्वारेन्टाइनमा

ताप्लेजुङ- काठमाडौबाट फर्किएका ताप्लेजुङका नागरिक मध्ये अहिले सम्म १ सय ७७ बिभिन्न गाउँपालिकाले क्वारेन्टाइनमा राखेका छन् । पूर्ण बिवरण संकलन हुँदै गरेकोले आइतबार अपरान्ह तिरमात्र क्वारेन्टाइनमा रहेकाको कूल संख्या प्राप्त हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ज्ञानेन्द्रप्रसाद फुयाँलले अहिले सम्म ५ वटा गाउँपालिकाले क्वारेन्टाइनमा राखेको बिवरण संकलन भएको बताए । उनका अनुसार सिदिङ्वा गाउँपालिकामा ३१ जना, पाथीभरा याङ्वरकमा ५१ जना, आठराई त्रिबेणीमा ४४ जना, मेरिङ्देनमा ५ जना र फक्ताङ्लुङमा ४६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाले यसअघि नै स्थापित क्वारेन्टाईनमा राख्ने सर्त सहित उपत्यकाबाट गाउँपालिका फर्कदा सम्मको यातायात खर्च व्यहोर्ने सार्वजनिक सूचना समेत प्रकाशित गरेका थिए ।

लकडाउनका कारण उपत्यकामा अड्किएका ६ सय ६८ नागरिकलाई ताप्लेजुङ सरोकार केन्द्रले समन्वय गरी बिहीबार ताप्लेजुङतर्फ पठाएकोमा शनिवार बिहान मात्र उनीहरु ताप्लेजुङ आई पुगेका थिए ।  

 

प्रकाशित: १४ वैशाख २०७७ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App