२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नालाभित्र भेटियो भारतीय बालकको शव

सर्लाही– तीन दिनदेखि हराईरहेका एक भारतीय बालक मृत अवस्थामा फेला परेका छन्। भारत सितामाढी निवासी आवास नटका दुई वर्षीय छोरा सुवासको शव सदरमुकाम मलंगवा नालाभित्र फेला परेको हो। प्रहरीका अनुसार बालक मंगलबारदेखि हराएका थिए।

मलंगवा नगरपालिका–१ भेडियाही स्थित मामाघर बस्दै आएका सुवासको घर नजिकैको नालाभित्र खसेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका हुन्। हाल बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा राखिएको र पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाईने प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

प्रकाशित: १९ मंसिर २०७६ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App