खोटाङ – नजिकिँदै गरेको दसैं, तिहार र छठ पर्वलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लाका प्रमुख सडक चालू राख्न निर्माण व्यवसायीलाई आग्रह गरेको छ ।
चाडपर्वको समयमा सहरबाट घर आउने र फर्कने यात्रुको सुविधालाई ध्यानमा राखी प्रशासनले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभन्ज्याङ र दिक्तेल–जयराम सडकलाई चालू राख्न सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरेको हो ।
प्रतिनिधिसभा सांसद विशाल भट्टराई, प्रदेशसभा सांसद उषाकला राई, प्रदेशसभा सांसद रामकुमार राई, सडक विभाग र पुष्पलाल मध्यपहाडी लोकमार्ग योजनाका प्रमुखलगायत निर्माण व्यवसायीको उपस्थितिमा बिहीबार जिल्ला प्रशासन कार्यालयमा बोलाइएको बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले निर्माण व्यवसायीलाई सडक मर्मत गरेर चुस्तदुरुस्त अवस्थामा राख्न आग्रह गरेका हुन् ।
प्रकाशित: ५ आश्विन २०७६ ०३:१४ आइतबार