६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पैसा फिर्ता माग्दा खुर्सानीको धुलो आँखामा हानेर कुटपिट

ज्यान मार्ने उद्योगमा पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै प्रहरी। तस्बिरः लोकेन्द्र/नागरिक

रुकुम– जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले एक दम्पतिको आँखामा खुर्सानीको धुलो हाली कुटपिट गरेर ज्यान लिन खोजेको आरोपमा ३ जना युवालाई पक्राउ गरेको छ। जिल्लाको भुमे गाउँपालिका वडा नं. ६ का डम्बर बुढा र उनकी पत्नी सीता घर्तिको आँखाको खुर्सानीको धुलो हालेर कुटपिट गर्ने ३ जनालार्इ पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका वडा नं. १ का २० वर्षीय टेकबहादुर बुढा, १९ वर्षीय प्रकाश बुढा र २२ वर्षीय कर्णबहादुर बुढारहेका छन्। उक्त घटनामा संलग्न रहेका कृष्ण बुढा फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्याय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डम्बर र सीताबाट रातो च्याउ उपलब्ध गराइदिने भन्दै ८५ हजार रुपैयाँ लिएको र फिर्ता माग्दा ज्यान मार्नेगरी योजना भेटिएको डिएसपी खड्काले बताए। उनीहरुले बिहान पैसा दिन्छु भन्दै आठबिसकोट नगरपालिका ६ स्थित एक होटेलमा बोलाएका थिए। होटेल नजिकैको पुल लिएर दुबैको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट गर्नुका साथै उनीहरुको साथमा रहेको पाँच लाख रुपैयाँ पनि चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ। पीडित डम्बर र सीताले टेकबहादुरबाट पैसा फिर्ता माग्ने र यार्सागुम्बा खोजीको लागी डोल्पा जानलाई त्यहाँ पुगेका थिए।

शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरुलगायत विभिन्न घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये चार जना ज्यान मार्ने उद्योगका घटनामा संलग्न रहेका छन् भने एक जना कर्तव्य जान मुद्दाका दोषी रहेका छन्।
 
२७ वर्षपछि फरार अभियुक्त पक्राउ
प्रहरीले एक फरार अभियुक्तलाई २७ वर्षपछि पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका जिल्लाको सानीभेरी गाउँपालिका ४ (साविक गरायला गाविस ५) का ६० वर्षीय मनबिर कामीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। २०४८ साल बैशाख ९ गते जिल्ला अदालत रुकुमले उनलाई दोषी ठहर गर्दै ९ वर्ष ७ महिना ७ दिन कैद सजाय सुनाएको थियो।

अदालतको फैसला पछि फरार रहेका कामीलाई जिल्लाको आठबीसकोट नगरपालिका १४ घेत्मामा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए। पक्राउ परेका कामीलाई जिल्ला अदालतमा उपस्थिति गराई कैद भुक्तानको लागि शुक्रबार नै जिल्ला कारागार चलान गरिएको उनले बताए।

प्रकाशित: ३ जेष्ठ २०७६ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App