उदयपुर – उदयपुरमा ट्रिपरको ठक्करबाट एक बृद्धको ज्यान गएको छ। धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली जोड्ने मदन भण्डारी बैकल्पिक लोकमार्ग अन्तर्गत गाईघाट–कटारी खण्डको नेपालटार कमानमा ना१क ८३४७ नम्बरको ट्रिपरले ठक्कर दिँदा बा९३प ३४३२ नम्बरको मोटरसाइकलमा सवार बलबहादुर पुलामी मगरको मृत्यु भएको हो।
छोराले हाँकेको मोटरसाइकको पछाडी बसेका ७० वर्षीय मगरको घट्नास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ। ठक्करबाट मोटरसाइकल चालक नाम नखुलेका मृतकका छोरा पनि गम्भीर घाइते भएको र उपचारार्थ विराटनगर पठाइएको घट्नास्थल पुगेका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताएका छन्।
उनका अनुसार नेपालटारदेखि मुर्कुचीतर्फ आउँदै गरेको ट्रिपरले सोही दिसामा रहेको मोटरसाइकललाई ठक्कर दिँदा घट्ना भएको देखिएको छ। घट्नालगत्तै चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको राईले बताए। ट्रिफर बैकल्पिक लोकमार्गमा कार्यरत निर्माण कम्पनी जेडआईईसी–लामा–शर्मा जेबीको भएको खुलेको छ।
प्रकाशित: २५ फाल्गुन २०७५ ०७:२१ शनिबार