६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा बाबुको निधन, दुई छोरा घाइते

.

.

उदयपुरमा सवारी दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्।

बुधबार साँझ सदरमुकाम गाईघाटमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका-१३ निवासी ४५ वर्षीय महादेव चौधरीको मृत्यु भएको हो। दुर्घटनामा उनका १५ र १० वर्षीय दुई छोरा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईंका अनुसार साँझ ६ बजेको समयमा गाईघाट बजारदेखि पूर्व बरुवा पुलपारि असारी प्रवेश गर्दै गर्दा पश्चिमतर्फ आउँदै गरेको १ त ५७४२ नम्बरको ट्याक्टर र दुई छोरासहित लक्ष्मीपुर घर जाँदै गरेका चौधरी सवार प्रदेश १–०५–००१ प ४२६३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा पौने ७ बजे ज्यान गएको हो। चौधरीका घाइते छोराहरूको जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको डिएसपी चापागाईंले जानकारी दिए।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ। घट्नाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८१ २१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App