१० असार २०८१ सोमबार
image/svg+xml
समाज

पाल्पामा स्कारपियो दुर्घटना हुँदा ९ घाइते

पाल्पामा स्कारपियाे दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न्। आइतबार बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिकाकाे केन्द्रबाट राम्पुर फर्कने क्रममा बा १५ छ ५९४ नम्बरको स्कार्पियो निस्दी-४ झ्याल्ङ्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते हुनेहरु सबैलाई रामपुर अस्पताल पठाएको र त्यहाँबाट थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको छ। घाइतेहरूको अवस्था मध्यम रहेको  प्रहरी बताएकाे छ।

प्रकाशित: २ असार २०८१ ११:२५ आइतबार