४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

लमजुङमा मोटरसाइकल चोरी गर्ने दुई पक्राउ

लमजुङमा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

मर्स्याङ्दी गाउँपालिका–३ बस्ने १९ वर्षीय सुजन तामाङ र क्व्होलासोंथर गाउँपालिका–२ घर भएका १९ वर्षीय पूर्ण बहादुर तामाङलाई प्रहरीले सोमबार मध्यराती नियन्त्रणमा लिएको हो।

मर्स्याङ्दी गाउँपालिका वडा नं-०९ स्थित एक मोटरसाइकल वर्कशपबाट लु १८ प ९३४७ नम्बरको मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले बेसीशहर नगरपालिका वडा नं-०७ क्याम्पस रोडबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए।

उनका अनुसार राती साढे २ बजेको समयमा उक्त मोटरसाइकलमा सवार उनीहरूमाथि शंका लागि प्रहरीले सोधपुछ गर्न खोजेको थियो। प्रहरी देख्नासाथ मोटरसाइकल सोही ठाउँमा छाडी भागेका उनीहरुलाई केही परबाट प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०८१ १७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App