३ असार २०८१ सोमबार
image/svg+xml
समाज

खोलामा बगेर दुईजना बेपत्ता

<br>

दार्चुलाको मार्मा गाउँपालिकामा खोलाले बगाएर दुईजना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका– ५  मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन्। दुवैजना नातामा काकी भतिजा पर्छन्।

अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवैजनालाई बगाएको मार्मा गाउँपालिका– ५ का वडाध्यक्ष सुरेन्द्र महताले जानकारी दिए। बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घट्नास्थलमा खटिएको छ। –रासस

प्रकाशित: १४ जेष्ठ २०८१ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App