२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्वोच्च अदालतका ६ जना न्यायाधीशले लिए सपथ

सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन्।

शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।

सर्वोच्च अदालतका लागि एक महिलासहित ६ जना न्यायाधीश बुधबार नियुक्ति भएका थिए। सर्वोच्च अदालतका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

न्यायाधीशमा नियुक्ति भएका चारजना उच्च अदालतबाट आएका न्यायाधीश हुन् भने पोखरेल र ढकाल दुईजना कानुन व्यवसायीबाट न्यायाधीशमा नियुक्त भएका हुन्।

प्रकाशित: ५ पुस २०८० ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App