१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

किशोरी बलात्कारपछि हत्या गर्ने दुई जनालाई जन्मकैद

उदयपुृर जिल्ला अदालत। तस्बिर: महेश्वर

झन्डै अढाई वर्षअघि एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई युवालाई जन्मकैदको सजाय सुनाइएको छ। ०७८ साउन १३ गते घरबाट बेपत्ता भएकी त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षीया कृशला चौधरीका हत्या आरोपीलाई अदालतले आजीवन काराबासको सजाय सुनाएको हो।

किशोरीको बलात्कारपछि हत्या गरेको ठहर गर्दै प्रतिवादी मधेस प्रदेश सप्तरीको सुरुंगा नगरपालिका १ शिशुबारीका २७ वर्षीय उचितलाल सदा र सोही ठाउँका २४ वर्षीय बिसे सदालाई उदयपुर जिल्ला अदालतले उक्त सजाय सुनाएको हो।

न्यायाधीश नवराज दुलालको एकल इजलासले सदाद्वयलाई अपराधी करार गदै जीवित रहेसम्म काराबास राख्ने फैसला सुनाएको अदालतका सूचना अधिकारी बुद्धराज निरौलाले बताए।

निरौलाका अनुसार न्यायाधीश दुलालको फैसलाअनुसार मृतक परिवारको नजिकको हकदारलाई तत्काल पीडित राहत कोषबाट दुई लाख उपलब्ध गराउन तथा प्रतिवादीबाट जनही तीन लाखका दरले क्षतिपूर्ति भराउनसमेत आदेश भएको छ। प्रतिवादीबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध नभएको खण्डमा उनीहरूको चलअचल सम्पत्तिबाट असुलउपर गरिलिन पनि आदेश भएको उनले बताए।

२०७८ साउन १३ गते घरबाट बेपत्ता भएकी कृशला साता दिनपछि १९ गते घरभन्दा १५ सय मिटर टाढाको राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगल क्षेत्रमा मृत फेला परेकी थिइन्।

किशोरीको सडिसकेको शव रहस्यमयी तरिकाले राजदेवी खहरे बगरस्थित बाढीले खोतलेर खाल्डो बनाएको रूखको जराभित्र फेला परेको थियो। मृत शरीरको पोस्टमार्टम गरी प्रहरीले अनुसन्धान अघि बढाउँदै जाँदा घटनाको १२ दिनपछि साउन ३० गते छिमेकी जिल्ला सप्तरीका सदाद्वय पक्राउ परेका थिए।

जटिल खालको यो घटनाको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर र आधुनिक प्रविधि र उपकरणमार्फत वास्तविक अपराधी पत्ता लगाउन सफल भएको हो।

प्रकाशित: ५ पुस २०८० ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App