२ असार २०८१ आइतबार
image/svg+xml
समाज

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

चितवनको इच्छाकामना मन्दिर नजिकै आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  

इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।  

दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन । रासस

प्रकाशित: २९ मंसिर २०८० ०५:१७ शुक्रबार

चितवन इच्छाकामना मन्दिर ट्रक दुर्घटना चालकको मृत्यु