३ असार २०८१ सोमबार
image/svg+xml
समाज

भारत,अस्ट्रेलिया,बेलायत र अमेरिकामा पनि बन्द छ टिकटक

आज बसेको सरकारको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।

सरकारको निर्णय गलत भएको भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणीहरू भइरहेका छन्।

सरकारमै रहेको नेपाली कांग्रेस, प्रतिपक्षमा रहेको नेकपा एमाले, राष्ट्रिय स्‍वतन्त्र पार्टी, राप्रपाले यसको विरोध जनाइसकेका  छन। 

सरकारले यसलाई बन्द गर्नुको सट्टा नियमन गर्नुपर्ने उनीहरूको भनाइ छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले यो निर्णय फिर्ता गर्न आग्रह गरिसकेका छन।

त्यस्तै, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाललाई नियमन गर्न आवश्यक रहेको तर सरकार नियन्त्रण गर्नतिर लागेको टिप्पणी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पनि टिकटकलाई बन्द नभई नियमन गर्नुपर्ने  धारणा राखेका छन।  त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि सरकारले आजै देखि टिकटक बन्द गर्ने निर्णयको विरोध गरेका छन ।

नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सद्भाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग भएकाले बन्द गर्ने निर्णय गरेको बताइन्।  

टिकटक चिनियाँ टेक्नोलोजी कम्पनी बाइट डान्सले चलाउँछ। यो एपले चिनियाँ सरकारलाई डाटाहरू दिने आरोपहरू लाग्ने गरेको छ।  कम्पनीले भने नेपाल सरकारलाई कुनै खालको डाटा नदिने बताउँदै आएको छ।

गोपनीयता र साइबर सुरक्षाको चिन्ताका कारण धेरै देशहरूले टिकटक बन्द गरेका छन्। कतिपयले पूर्ण रूपमा बन्द गर्ने निर्णय गरे पनि कतिपयले आंशिक रूपमा बन्द गरेका हुन्।

टिकटक बन्द गरिएका देशहरू

भारत

अफगानिस्तान

अस्ट्रेलिया

बेल्जियम

क्यानडा

डेनमार्क

युरोपियन युनियन

फ्रान्स

लात्भिया

नेदरल्यान्ड्स

न्युजिल्यान्ड  

नर्वे

पाकिस्तान

ताइवान

बेलायत

संयुक्त राज्य अमेरिका

सोमालिया

प्रकाशित: २७ कार्तिक २०८० १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App