२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

कालिकोटको पलाँता गाउपालिका २ राडुनेटाबाट थिर्पु जान लागेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।  

मृत्यु हुनेमा पलाँता गाउँपालिका १ का ६५ वर्षिय शिवचन्द न्यौपाने रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार न्यौपानेको घटना स्थलमै मुत्यु भएको हो। यस्तै दुर्घटनामा सोही वडाका नन्द रिखी न्यौपाने गम्भीर घाइते भएका छन्।

राडुनेटा बाट थिर्पु जान लागेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयको भनाइ छ।  घाइते भएका न्यौपानेको उपचारका लागि पलाँता अस्पताल थिर्पु ल्याइएको छ। चालक भने सकुसल रहेको प्रहरीले बताएको छ।

प्रकाशित: १३ कार्तिक २०८० ०५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App