२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता

जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्।

पातारासी गाउँपालिका- ५  लोर्पा गाउँकी ३५ वर्षीया पन्नीकली बुढा बेपत्ता भएकी हुन्। घट्ट पिस्ने क्रममा घट्टेकुलोमै बाढी आउँदा घट्टसँगै बुढालाई पनि बगाएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए।

डिल्लीचौर प्रहरी चौकी इन्चार्ज बुद्धि साउदका अनुसार बाढीले पाँच वटा घट्टसमेत बगाएको छ। बाढीका कारण माथि लोर्पा र तलिलोर्पा गाउँ जोखिममा परेको पातारासी गाउँपालिकाका कर्मचारी दानबहादुर विष्टले बताए।

प्रमुख जिल्ला अधिकारी घिमिरेले बेपत्ता भएकी बुढाको खोजी तथा उद्धारको लागि प्रहरी टोली परिचालन गरिएको बताए। तर निरन्तर वर्षा भइरहेको र बाढीको बहाव नरोकिएकाले खोजी कार्यमा बाधा उत्पन्न भइरहेको उनले सुनाए।

पातारासीको बाढीले जिल्लाको तातोपानी र तिलाका झण्डै एक दर्जनभन्दा बढी बस्ती जोखिममा परेका छन्। नदी छेउमा रहेका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनको लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

प्रकाशित: ४ भाद्र २०८० १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App