२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

भुक्तानी स्रेस्ता हेर्न नदिएपछि लेखा शाखामा ताला

जिल्लाको शुभकालीका गाउँपालिकाको लेखा शाखामा ताला लागेको छ। आर्थिक मसान्त सकिनै लाग्दा अन्तिम भुत्तानी दिने समयमा लेखा शाखामा ताला लागेका हो।

शुभकालीका गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक धर्मकला शाहीले गाउँपालिकाका लेखापाल नन्दबहादुर शाहीले दिएको भुक्तानीको स्रेस्ता हेर्न नदिएपछि आफुले ताला लगाउन बाध्य भएको बताइन्।

उनले भनिन्, ुम अनुगमन समितिको संयोजक मात्र होइन लेखा समितिको पनि संयोजक हो मलाई स्रेस्ता हेर्न नदिएपछि मैले ताला लगाए।ु लेखाले गाउँपालिका उपाध्यक्षलाई स्रेस्ता देखाउन आग्रह गरेपछि आफुलाई स्रेस्ता हेर्ने अधिकार छैन भनेपछि आफुले तालाबन्दी गर्न बाध्य भएको उपाध्यक्ष शाहीको भनाई छ।

यता लेखापाल नन्दबहादुर शाहीलाई यहि विषयमा बुझ्न पटक–पटक फोन गर्दा रिसिभ गरेनन्।

 

गाउँपालिकामा कर्मचारीको मनोमानी चलेको स्थानीयले बताएका छन्।

प्रकाशित: २६ असार २०८० ०५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App