४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लामा भेटिएको सकेट बम सेनाद्वारा डिस्पोज

जुम्लाको तातोपानी गाउँपालिका – ४ गौतमबाडामा भेटिएको सकेट बम डिस्पोज गरिएको छ।

स्थानीय लक्ष्मीप्रसाद गौतमको दाउरा खादमा भेटिएको सकेट बम नन्दाबक्स गण जुम्लाका सहायक सेनानी टेकराज गौलीको नेतृत्वमा गएको ७ जनाको टोलीले बिहीबार बिहान डिस्पोज गरेको हो। 

बम देखेपछि स्थानीयले हाँकुस्थित प्रहरी चौकीलाई बुधबार खबर गरिएको थियो। बम भेटिएपछि सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक राजेन्द्र गिरी नेतृत्वमा टोली बुधबार खटिएको हो।

बुधबार अबेर भएपछि बिहीबार बिहान मात्रै बम डिस्पोजल गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए। सो सकेट बम द्वन्द्वकलामा छोडिएको हुन सक्ने अनुमान गरिएको छ।

०६६ चैत २४ गते सोही गाउँको रुपचन्द्र बोहराको पुराना घर भत्काउने क्रममा बेवारिसे बमविष्फोटमा परेर रामालक्ष्मी जैसी घाइते भएकी थिइन्।  

प्रकाशित: १४ वैशाख २०८० ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App