२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

वीरेन्द्रनगर दिनभर तनावग्रस्त

आइतबार दिउँसो बसको ठक्करबाट एक वृद्धाकोे मृत्यु भएको घटनालाई लिएर सोमबार बिहानैदेखि वीरेन्द्रनगरको मुख्य सडकमा मृतकका आफन्तले प्रर्दशन गर्दै यातायात अवरुद्ध पारे। आन्दोलनले उग्र रूप लिन थालेपछि दिनभर प्रहरीलाई नियन्त्रण गर्न हम्मेहम्मे भयो। ठाउँठाउँमा प्रहरीमाथि आन्दोलनकारीले आक्रमणसमेत गरे।  

आन्दोलनको समाचार तयार पार्न पुगेका पत्रकारसमेत घाइते भए। आन्दोलनका क्रममा बसपार्कअगाडि, मंगलगढी चोक, एरीचोकमा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भयो। झडपमा प्रहरी जवान ढाकाराम पौडेल घाइते भएका छन्। घाइते प्रहरीको टाउकोमा चोट लागेको छ। उनको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ। 

आन्दोलनको समाचार संकलन गर्न गएको लाइका खबरका पत्रकार बलबहादुर थापालाई सुर्खेतस्थित यातायात व्यवसायी संघमा काम गर्ने कर्मचारीले प्रहरीकैसामु सिसा र ढुंगाले आक्रमण गरेर घाइते बनाएका छन्। पत्रकार थापाको उपचार भइरहेको छ। थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। पत्रकारमाथि आक्रमण गर्नेहरू पहिचान भइसकेको हुँदा प्रहरीले कारबाही गर्ने बताएको छ। मंगलगढी चौकमा प्रहरीमाथि ढुंगा प्रकार हुन थालेपछि प्रहरीले ३ राउण्ड अश्रुग्यास प्रहरीले हानेको छ। पीडित पक्षहरू जाहेरी लिएर प्रहरी कार्यालयभित्र आउँदा पनि बाहिर चौकमा प्रहरीमाथि आक्रमण हुनु दुःखद् कुरा भएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) योगेन्द्र सिंह थापाले बताए। ‘यातायात व्यवसायीहरू र पीडित पक्षबीच छलफल सकारात्मक भएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापाले भने।

प्रकाशित: २ फाल्गुन २०७९ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App