५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

रहेनन् हुमबहादुर गन्धर्व

पाल्पा– गीतसंगीतमार्फत् गाउँदेखि शहरसम्म चेतना दिँदै हिड्ने होनिमाया गन्धर्व यस संसारबाट बिदा भएका छन्। तानसेन–११, लामडाँडा घरभएका होनीमायाको वास्तविक नाम हुमबहादुर गन्धर्व हो। तर उनले गाउने गीतमा ‘हो नी माया’ बाट सुरु हुने भएकोले सबैले उनलाई होनीमाया कै नामबाट चिन्ने गरिन्थ्यो।

उनको मंगलबार दिउँसो युनाईटेड मिशन अस्पतालमा निधन भएको छ । अस्पतालमा उपचारका क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो, उनलाई उच्च रक्तचाप भएपछि पाँच दिन अगाडी अस्पताल भर्ना गरिएको थियो । मंगलबार नै उनको अन्तष्ठि गरिएको परिवारिक स्रोतले जानकारी दिएको छ ।

पाल्पामा अमीट छाप बनाएका होनिमाया गन्धर्व आफ्नो जीवन रहँदासम्म गाउँ–गाउँमा सारङगी रेटेर मनोरञ्जन दिँदै आएका थिए । जीवन रहेसम्म संगित रहने र संगितले आफुलाई बाच्न सिकाएको उनी बताउने गर्थे । जनकवि केशरि स्वर्गीय धर्मराज थापाले वि.स २०१५ सालमा काठमाण्डांैमा गन्धर्वहरुको सम्मेलन गर्दा होनिमायाले नेपाली वीरताका गाथाले भरिएका गीत रेकर्ड गराए सँगै होनीमायाको नामा चर्चामा आएका थिए ।

उनले पिरती र बिछोडलाई झल्काउने खालको ‘होनिमाया हो’ लयमा गीत गाएकै कारण जनकवि केशरिले उनलाई होनिमाया गन्धर्व भनेर सम्बोधन गरेको बताईन्छ । उनलाई २०१६ सालमा रेडियो नेपालमा जागिर खान आउ भन्दा आफ्नै गाउँबेशीमा गीत गाउँने इच्छाका कारण उनि नगएको भन्नेहरु पनि भेटिन्छन् ।

नेपालबाटै लोप हुने अवस्थामा पुगेको दशैंको समयमा गाईने गीत ‘मालश्री’ गाउने उनी एक्ला व्यक्ति भएको पाल्पाका देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानका मदन देउरालीले बताए। होनिमाया बिहानै ४ बजेको समयमा घरको दैलोमा पुगेर मालश्री गाउने गर्दथे। घरमा उनका श्रीमती, एक नाती र नातिनी रहेका छन्।

प्रकाशित: ४ आश्विन २०७३ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App