राजनीति
समाज
शवका बाकस अोराल्दा शोकमग्न बन्यो विमानस्थल [फोटो-भिडियो]
काठमाडाैं-अफगानिस्तानको काबुलमा सोमबार भएको बम हमलामा निधन भएका १२ जना नेपालीको शव त्रिभुवन विमानस्थलमा अोरालिएको छ। बाकसमा १२ वटा शव विमानबाट अोराल्दा मृतकका परिवार आफन्त र विमानस्थलमा जुटेका उल्लेख्य सर्वसाधारणका आँखा रसाए।
नेपाली सेनाका जवानहरूले शवको बाकस विमानबाट अोरालेका थिए। विमानस्थलमा पुगेका प्रधानमन्त्री केपी शर्मा अोली, मन्त्रीहरू र सचिवहरूको अनुहार मलिन देखिन्थ्यो।
काबुलबाट शव लिएर फर्केको नेपाल वायु सेवा निगमको जहाज जब विमानस्थलमा अोर्लियो, परिवारको रूवावासले विमानस्थलको वातावरण एकाएक भावविव्हल बन्यो।
तस्बिर/भिडियोः प्रबिन कोइराला
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%