३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नागरिकताको विषयमा गठबन्धनले घोषणा गरेर हुँदैन: भीम रावल

फाइल तस्बिर।

नेकपा एमालेका सांसद भीमबहादुर रावलले राष्ट्रियताको रक्षाका लागि राष्ट्रपतिले आफ्नो संवैधानिक कर्तव्य पूरा गरेको भन्दै नागरिकता जस्तो विषय गठबन्धनको घोषणाले नहुने बताएका छन्। तर वास्तविक नेपालीले नागरिकता पाउनुपर्नेमा सबैको मत भएको उनले बताए।

आज प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन्। राष्ट्रपतिले नागरिकता विधेयक संसदमा फिर्ता पठाएर राष्ट्रियताको रक्षा गरेको उनको भनाइ छ। उनले नागरिकता विधेयक गठबन्धनले घोषणा गरेर नहुने बताए। 

उनले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएकाहरुको छानबिन गर्न र नपाउने नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने बताए। उनले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने भन्दै गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क भएको दाबी गरे ।

प्रकाशित: २ भाद्र २०७९ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App