२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

अमेरिकी सेना नेपाल आइ बस्नसक्नेतर्फ सचेत होऔंः विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित) ले  अमेरिकी सेना नेपाल आइ बस्नसक्नेतर्फ सचेत रहन सवैको ध्यानाकर्षण गराएका छन्। नेपाललाई नाटोको सदस्य बनाइए अमेरिकी सेना नेपाल आइ वस्नसक्नेमा उनले सचेत पारेका छन्। एमसीसी पास गरेसँंगै नेपाललाई नाटोको सदस्य बनाउन खोजिएको आरोप लगाउँदै उनले यसो गरिए नेपालमा अमेरिकी सेना आएर वस्न सक्नेतर्फ सवैलाई सचेत पारे।  

भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २२ औ, ख्वप कलेजको २० औं र शारदा क्याम्पसको ३१ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह २०७८ को शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले नाटोको सदस्य बनाइए अमेरिकी सेना नेपाल आएर वस्नेसक्ने भएकोले यसको सवैतिरबाट विरोध हुनु आवश्यक भएको बताए।  

उनले आफनो पार्टीले एमसीसीविरद्ध निरन्तर संघर्ष गर्दै जाने पनि बताए। उनले एमसीसीले अन्तत नेपाललाई खतम पार्नेमा कुनै शंका नभएकोसमेत बताए। उनले एमसीसीविरुद्ध विद्यार्थीलाई सचेत गराउन पनि सवैसँंग आग्रह गरे।

कार्यक्रममा संघीय सांसद प्रेम सुवाल, बागमति प्रदेशका सांसदद्धय सुरेन्द्रराज गोसाई, सृजना सैंजू, विश्वविद्यालय अनुदान आयोगका उपाध्यक्ष प्राडा भीमप्रसाद सुवेदी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भक्तपुरका एसपी शिबकुमार श्रेष्ठ, भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवं भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, कमिनिका न्याइच्याईलगायतले शैक्षिक विषयमा आआफनो विचार पोखेका थिए।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी, वार्षिकोत्सवको अवसरमा भएका बिभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। औपचारिक कार्यक्रमपछि पुस्तक प्रदर्शनी, शैक्षिक प्रदर्शनी तथा साँंस्कृतिक प्रतियोगितासमेत भएको थियो।

प्रकाशित: ११ चैत्र २०७८ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App