८ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद विघटनबिरुद्ध नागरिक समाजको धर्ना

संयुक्त देशभक्त मोर्चाले सोमबार कास्की प्रशासन कार्यालय अगाडि दिएको धर्ना । तस्बिर ः सन्देश÷नागरिक

प्रतिनिधिसभा विघटनबिरुद्ध पोखरामा नागरिक समाजले सोमबार धर्ना दिएको छ । नागरिक समाज पोखरा, राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिलगायतका संस्थाहरुको छाता संस्था संयुक्त देशभक्त मोर्चाले संसद विघटबिरुद्ध कास्की प्रशासन कार्यालय अगाडि सोमबार धर्ना दिएको हो ।  

मोर्चाले संसद विघटन असंवैधानिक हुनुका साथै राष्ट्रघात पनि भएकाले संसद पुर्नस्थापना गर्न माग गदैै एकघण्टा प्रदर्शन गरेको मोर्चाका प्रवक्ता रामबहादुर पौडेलले जानकारी दिए ।

जिल्ला प्रशासन अगाडिको सहीदपार्कमा प्रदर्शन गरिएको थियो । संयुक्त देशभक्त मोर्चाका संयोजक अधिवक्ता तीलक पराजुलीले संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेकाले त्यसकाबिरुद्ध खबरदारी गर्न धर्ना दिनुपरेको बताए । उनले सरकारलाई दवाब दिन आगामी दिनमा पनि विरोध कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रकाशित: २० पुस २०७७ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App