१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मधेसमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छः सांसद मैनाली

नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले मधेस प्रदेशमा हत्याका घटनाहरु बढेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा दिनदहाडै हत्याका श्रृंखलाहरु बढ्दै गएको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए।

उनले भारतबाट खुला सीमाका कारण नेपालमा आइ हत्या गर्ने, सुटरहरु नेपाल प्रवेश गर्ने र हत्या गर्ने हुनाले हत्याका घटनामा उल्लेख्य वृद्धि भएको भन्दै रोकथामका लागि आवश्यक पहल गर्न आग्रह गरे।

उनले अपराधीलाई अविलम्व नियन्त्रण गरी कानूनको दायरामा ल्याउन आवश्यक रहेको बताए।

उनले सीमा पारीको प्रशासनसँग मन्वय गरेर प्रशासनले सक्रियता अपनाउन आवश्यक रहेको बताए।

प्रकाशित: २ असार २०८१ १२:२६ आइतबार

#achyut_mainali