२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सांसद सिंहको सुझाव

सांसद डा.अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सुझाव दिएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्।

उनले मन्त्रीको चाकरीको आधारमा बजेट विनियोजन गर्ने प्राथ अन्त्य गर्न आवश्यक रहेको बताए। उनले मन्त्रीले आफूखुशी बजेट विनियोजन गर्ने व्यक्तिगत सम्पती नभएको भन्दै त्यस्तो गर्न नमिल्ने बताए। सांसद सिंहले १० हजार जनसंख्या भएको डोल्पामा तीन पानाको योजना लैजाएर आफ्नो क्षेत्रमा एउटा पनि योजना नदिएको भन्दै असन्तुष्टि जनाए।

उनले १ लाखमा स्मार्ट सिटी बनाउने मन्त्री आफूले दुनियाँमा नदेखेको बताए। उनले रातभरी गुगोलमा खोज्दा समेत नभेटाएको बताए। सहरी विकास मन्त्रीले अमेरीका जापानले समेत नसकेको काम १ लाखमा स्मार्ट सिटी बनाउने योजना ल्याएको उनको भनाइ छ। उनले १ लाख रुपैयाँमा कस्तो स्मार्टसिटी बन्छ संसदीय टोली बनाएर मन्त्रीले डोल्पामा बनाएको स्मार्ट सिटी अवलोकन गर्न जान आवश्यक रहेको बताए।

उनले यसरी बजेट विनियोजन गर्नु बजेटको बरबादी भएको भन्दै आफ्नो हातमा भयो भन्दैमा मन्त्रीले जे पनि गर्न नमिल्ने बताए। विकास मन्त्री वा सांसदको लागि मात्रै नभएर देश जनताको लागि भएको बताए। उनले मधेसलाई बजेट विनियोजन अहिले पनि मन्त्रालयगत रुपमा नपरेको बताए। 

प्रकाशित: ३० जेष्ठ २०८१ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App