३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको नाराबाजीबीच संसद्‍बाट नीति तथा कार्यक्रम पारित

प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसदको नाराबाजीका बीच सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको हो।

बैठकमा पनि नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको छानबिन गर्नुपर्ने माग राख्दै अवरोध गरेको थियो। 

बैठकमा विरोधबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेस गरेका थिए। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति कार्यक्रमाथिको छलफलको प्रस्ताव पेस गरेका थिए।

नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्षका तीन सांसदले भाग लिएका थिए। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको संशोधनको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए।

प्रकाशित: १३ जेष्ठ २०८१ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App