३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कार्यादेशमा सत्तारुढ र प्रतिपक्षी दल सहमति नजिक, आज शिर्ष नेताहरूबीच छलफल

सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमति नजिक पुगेपछि आज शिर्ष नेताहरूबीच छलफल हुन लागेको छ।

कार्यादेश (टीओआर) टुङ्गो लगाउन गठित कार्यदलको बैठकले कार्यादेशमा लगभग सहमति जुटाएर यसलाई अन्तिम रुप दिने जिम्मा शीर्ष नेतालाई दिएपछि आज दलका शिर्ष नेताहरूबीच छलफल हुन लागेको हो।

शीर्ष नेताहरूको बैठक अहिले बिहान ९ बजे बस्नेछ। संसद बैठक अघि नै शिर्ष नेताहरूबीच सहमतिको प्रयास हुने बताइएको छ।

कार्यादेशमाथि छलफल गर्न गठित कार्यादलका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार संसदमा र सार्वजनिक सञ्चार माध्यममा प्रश्न उठेका सहकारी र उक्त सहकारीको वचत रकम नियम विपरीत लगेर अपचलन गर्ने सञ्चार माध्यमको नाम संसदीय समितिको कार्यादेशमा राख्ने सहमति जुटेको हो।

बैठकमा सहभागी नेताहरुका अनुसार नेपाली कांग्रेसले भने वचत रकम लैजाने कम्पनी गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेमाथि छानबिन गर्ने विषय कार्यादेशमा राख्नुपर्ने अडान राखेको छ। तर, सत्तारुढ दलका नेताहरूले भने कम्पनीमाथि छानबिन भएपछि त्यसमा दोषीको पहिचान हुने भन्दै पहिले नै नाम तोक्न नमिल्ने बताएका छन्।

कांग्रेसले ती सहकारीको रकम अपचलन हुँदा गोर्खा मिडिया प्रालिमा हालका गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको भन्दै उनीमाथि छानबिन गर्न माग गर्दै आएको छ।

प्रकाशित: १३ जेष्ठ २०८१ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App