४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

नाउपा बैठकमा रेशम र रञ्जिता पक्षका नेताहरूबिच कुटपिट

नागरिक उन्मुक्ति पार्टीको बैठकमा नेताहरूबिच कुटपिट भएको छ।

सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय समिति बैठकमा नेताहरूबिच कुटपिट भएको हो।

टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले बैठकमा सहभागी भएका पाँच जना  संस्थापक सदस्यमाथि कुटपिट भएको बताए।

उनले नागरिक न्यूजसंग भने, 'बैठकमा सहभागी भएका म सहित पाँच जना संस्थापक सदस्यमाथि कुटपिट भएको हो। त्यहाँ पार्टीका संरक्षक पनि हुनुहुथ्र्यो। उहाँले यो घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ।' 

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समिति नै आधिकारिक रहेको र  रेशम पक्षका नेताहरुले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि कुटपिट गरेको उनले बताए।

यस्तै नागरिक उन्मुक्तिमा केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताका विषयमा विवाद छ। 

प्रकाशित: १९ चैत्र २०८० १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App