८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

खेलाडीको अधिकारलाई संरक्षण गर्न नीति निर्देशित काम गर्नुपर्छ: खेलकुदमन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नीति निर्देशित काम गर्नसके मात्र खेलाडीको अधिकारलाई संरक्षण गर्ने बताएका छन्।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रवार गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री श्रेष्ठले नीतिलाई माथि राखेर काम गर्नसके खेलाडीको अधिकार संरक्षण हुने धारणा राखेका हुन्।

उनले पछिल्ला ३० वर्षयता खेलाडी केन्द्रित काम हुन नसकेको उल्लेख गर्दै व्यक्ति केन्द्रित नीतिभन्दा पनि खेलकुद केन्द्रित नीतिको विकास हुनुपर्ने बताएका छन्। मन्त्री श्रेष्ठले खेल नीति परिमार्जन गर्न मन्त्रालयले काम गरिरहेको सार्वजनिक गरे।

अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरूप काम गर्नसके ओलम्पिकको कमिटीको जिम्मेवारी धेरै रहेको मन्त्री श्रेष्ठको भनाइ छ। ओलम्पिक कमिटीले खेलमार्पmत कुटनीति विकासमा काम गर्नुपर्ने औंल्याउँदै मन्त्री श्रेष्ठले नेपालको खेलजगत, खेलाडी र प्रशिक्षकलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्नुपर्ने धारणा राखे। साथै उनले नेपालको प्रचलित कानूनलाई पनि सम्मान गर्नुपर्ने बताए। उनु भयो ।मन्त्री श्रेष्ठले खेलकुदमार्पmत युवाहरूको नैरस्यता कम गर्न काम गर्नुपर्ने धारणा राखे।  

प्रकाशित: ९ चैत्र २०८० १८:३८ शुक्रबार

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ