२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

हरेक नागरिकले आफू भन्दा पहिला देश सोच्नुपर्छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता भएको बताएका छन्।

शुक्रवार पार्टीको महाकाली—मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा अमरसिंह थापाको शालिकमा माल्यार्पण र फूल अर्पण गर्दै उनले यस्तो बताएका हुन्। उनले अमरसिंह थापा जस्ता योद्धाहरुले लडेर बनाएको देशको सार्वभौम सत्ता, स्वाधिनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डतालाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुपर्ने बताए। हरेक नागरिकले आफू भन्दा पहिला देश सोच्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘अमरसिंह गढी नाम राखिएको यो गढी तत्कालीन प्रधानसेनापति उहाँको ७३/७४ वर्षको उमेरमा यो बनाउनुभएको हो किल्ला। यो किल्लाले त्यसबेला महत्वपूर्ण भुमिका खेलेको थियो। यो किल्ला राम्रा, सुन्दर र सुरक्षित किल्लाहरुमध्येको एउटा हो। अमरसिंह थापा एउटा यस्तो योद्धा हो जसको १८१५ को ब्रिटिश इण्डियासँगको नेपालको आत्मरक्षा र न्यायको लडाईं थियो। अमरसिंह थापा प्रधान सेनापति, भीमसेन थापा उनका छोरा त्यसबेला पाल्पाको कमाण्डमा थिए र सबैभन्दा बाहिरि किल्लामा अमरसिंहका माहिला छोराका छोरा बुटवल गढीको रक्षा गर्न तैनाथ थिए। त्यहाँबाट अंग्रेज सेनालाई लखेटेर खासमा भन्ने हो भने नेपालको विजयी भयो। अमरसिंह थापा महान देशभक्त, महान योद्धा, महान जनरल र वास्तवमा देशका लागि समर्पित र आफूमात्रै नभइ पुस्तौँपुस्ता समर्पित हुनुहुन्थ्यो। आफू पछाडि नभइ अघि बढेर कमाण्ड गर्नुहुन्थ्यो। सिपाही भन्दा अघि बढ्नुहुन्थ्यो। अमरसिंह थापा हामी सबैका निम्ति अत्यन्त आदरणीय हुनुहुन्छ। उहाँहरु जस्ता योद्धाले लडेर बचाएको, बनाएको देश आज यसको सार्वभौम सत्ता, स्वाधिनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डताका लागि उहाँहरु लड्नुभयो, त्यसलाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुछ।’

प्रकाशित: १५ मंसिर २०८० ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App