२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित भेटघाटमा उनले सहभागी क्रिकेट खेलाडी, प्रशिक्षक लगायतलाई सफलताको शुभकामना दिएका हुन्।

‘यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जान लागेकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा संलग्न खेलाडी, प्रशिक्षक लगायतलाई सफलताको शुभकामना दिन चाहन्छु’, राष्ट्रपति पौडेलले भने, ‘यसप्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन तथा राष्ट्रको प्रतिष्ठा एवं गरिमा बढाउन योगदान दिनेछ।’

नेपालमा क्रिकेटप्रतिको बढ्दो आकषर्ण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले सम्पूर्ण नेपालीलाई उत्साहित बनाएको बताउँदै राष्ट्रपति पौडेलले यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेल जगतका लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तीव्रता दिनुपर्ने बताए।

‘विश्व क्रिकेटमा भारत र पाकिस्तान जस्ता ठूला क्रिकेट टोलीसँग खेल्ने अवसर नेपाली टोलीका लागि थप उत्साहको विषय हो। उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईहरूको दिनरातको मेहनत र परिश्रम सफल होस्’, राष्ट्रपति पौडेलले सफलताको शुभकामना दिंदै भने।  

प्रकाशित: ५ भाद्र २०८० १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App