१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

संयुक्त राष्ट्रसंघका उपमहासचिव र सशस्त्र प्रहरी महानिरीक्षक बीच भेट

संयुक्त राष्ट्र संघका संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पिय ल्याक्ख्वा र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल बीच असार १३ गते बुधबार सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा शिष्टाचार भेटघाट भएको छ।

भेटघाटको क्रममा संयुक्त राष्ट्र संघ र सशस्त्र प्रहरी बल नेपाल बीचको सहकार्य र समन्वयलाई आगामी दिनहरुमा अझ बढि प्रभावकारी बनाउने बिषयमा छलफल भएको थियो।

सो क्रममा उपमहासचिव ल्याक्ख्वाले शान्ति स्थापनाको लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर सशस्त्र प्रहरी बल नेपालले पुर्या एको योगदानको प्रशंसा गरेका थिए।

त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसंघको झण्डामुनी रहेर मानवअधिकार तथा मानवीय कानुनको पूर्ण पालना गर्दै शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बल नेपाल प्रतिवद्धका साथ परिचालित रहेको समेत उल्लेख गरे।

भेटघाटको क्रममा जाँ–पिय ल्याक्ख्वा समक्ष मालिमा हालका दिनहरुमा बिकसित घटनाक्रम तथा अवस्था र मालि देशले नै त्यहाँ तैनाथ रहेको १५ हजार भन्दा बढि फौजलाई फर्काउन सक्ने बुझिएकोले अर्को महिना मालि मिशन उडानको लागि तयारी हालतमा रहेको सशस्त्र प्रहरी बल नेपालको एफपीयु टोलीलाई छिटो भन्दा छिटो अन्यत्र तैनाथीको लागि पहिलो प्राथमिकतामा राख्न समेत अनुरोध गरिएको थियो।  

प्रकाशित: १३ असार २०८० १४:४२ बुधबार

संयुक्त राष्ट्र संघ उपमहासचिव जाँ–पिय ल्याक्ख्वा सशस्त्र प्रहरी राजु अर्याल