२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बोवाओ फोरममा नजाने निर्णय नेपालले गरेको होइनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पारेका छन्।

मंगलवार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो कुरा बताएका हुन । उनले चीनमा भएको बोवाओ फोरममा चिनियाँ राजदुतले नै देशको अफ्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताए । 

उनले समय, परिस्थिति अनुसार छिमेकी देशहरुको भ्रमण गर्ने बताए । प्रधानमन्त्री दाहालले भुगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता बढी रहेको स्पष्ट भएको बताए ।प्रधानमन्त्री दाहालले भारत भ्रमणमा मलखादका बारेमा छलफल गर्ने पनि बताए।  

 

प्रकाशित: ९ जेष्ठ २०८० १०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App