२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रद्रोहि काम हो: अध्यक्ष नेपाल

एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार प्रकरण मात्र नभइ राष्ट्रद्रोहि काम भएको बताएका छन्।

समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

आफ्नो देशको नागरिकलाइ अनागरिक बनाएर अन्य देशका नागरिकको पहिचान अगाडी सारेर विदेश पठाइ पैसा कमाउने कार्यले देशको मान सम्मानमा आच पुगेको उनले बताए। यस्तो कार्यमा संलग्न समाजका कोहि पनि व्यक्तिलाइ कानुनी दायरामा ल्याइ दण्डित गर्नुपर्नेमा अध्यक्ष नेपालले जोड दिए।

अहिलेको सरकारले चालेको कदमको सराहना गर्दै उनले शरणार्थी प्रकरण मात्र नभइ भ्रष्टाचार जन्य कुनै पनि कार्यमा संलग्न जोकोहि अपराधिलाइ दण्ड सजायको दायरामा ल्याउनु पर्ने बताए।

'यस्तो अवस्थामा हाम्रो पार्टिको साथ र सहयोग रहन्छ', उनले भने, 'यसका लागी हाम्रोे पार्टीका संगठनले पनि देश व्यापि रुपमा भ्रष्टाचारी विरोधि अभियान चलाइरहेका छौ, हामी सरकारको साथमा छौ।'

यस्तो अवस्थामा नभएको घटनाको समाचार तयार गर्दा निर्दोष व्यक्तिको मान मर्यादामा आच पुग्ने हुदाँ यस प्रति संचारकर्मीले विषेश ध्यान पु¥याउनु पर्ने उनको भनाइ थियो।

उनले अहिलेको सरकार पवित्र गठबन्धनले बनेको भन्दै देशको विकाशका निम्ति निर्माण गरिएको बताए। साथै उनले अहिलेको गठबन्धन ५ वर्षसम्म टिक्ने उनले दाबी गरे।

प्रकाशित: १ जेष्ठ २०८० ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App