६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुआनाका लेखकले देशलाई नोक्सान पुर्‍याइरहेका छन्: ओली (भिडियो)

एमाले अध्यक्ष ओली

काठमाडौं— राष्ट्र उँभो लाग्न नसक्नुमा नेपालको विद्वत्‌ वर्ग पनि जिम्मेवार रहेको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखमार्फत् विद्वानहरुले देशलाई नोक्सान पुर्‍याइरहेको अभिव्यक्ति दिएका छन्।

'कखग, एबीसिडी पढेर दुआना–चारआनामा लेख लेखेर देशलाई नोक्सान पारिरहेका छन्', एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले भने, 'मुसाले कपडा खान काट्ने होइन दाँतमा धार लगाउन काट्ने हो। उहाँहरुले देशलाई नोक्सान नपर्ने गरी धार लगाए हुन्थ्यो।'

'कखग, एबीसिडी पढेर दुआना–चारआनामा लेख लेखेर देशलाई नोक्सान पारिरहेका छन्', एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले भने, 'मुसाले कपडा खान काट्ने होइन दाँतमा धार लगाउन काट्ने हो। उहाँहरुले देशलाई नोक्सान नपर्ने गरी धार लगाए हुन्थ्यो।'

उनले खोक्रो राष्ट्रवाद, महेन्द्रीय राष्ट्रवादबारे पनि मन्तव्य दिए। 'खोक्रो राष्ट्रवाद भन्यो, आण्डम्बरी भन्यो, महेन्द्रीय राष्ट्रवाद भन्यो। महेन्द्रीय भनेपछि राजा मात्रै पो देशभक्ति हुने रहेछ जनता त हुने रहेनछ भन्ने भ्रमपूर्ण विशाक्त प्रचार भइरहेको छ', उनले भने।

एमालेले छिमेकीसँग सुमधुर सम्बन्ध राखेर अघि बढ्नुपर्ने एमाले स्पष्ट रहेको उनले बताए। 'हामी छिमेकीसँग सन्तुलित, सहअस्तित्व, सहयोग पारिस्परिक लाभ र सम्मान तथा अहस्तक्षेप छिमेक सम्बन्धलाई अघि बढाउन चाहन्छौं', उनले भने।

भिडियो हेर्नुस्:

'आँखाबाट आँसु झारुन भने आँखैमा हान्नुपर्छ भन्ने छैन। शरीरको जुन भागमा प्रहार भए पनि आँसु त झर्छ। त्यसैले देशलाई घाटा पार्न चाहनेहरु एमालेमाथि प्रहार गरिरहेछन्', उनले भने।

वर्तमान सरकारलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले दिएको उपमा 'लम्पसारवाद'लाई उनले 'बडो सुन्दर प्रयोग' भनेर प्रशंसा गरे।

प्रकाशित: १९ माघ २०७३ १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App