२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

अब बिस्तारै हामी प्रदेश सरकारमा सहभागि हुन्छौ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागि हुने बताएका छन्।

मंगलवार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी प्रदेश सरकारहरुमा सहभागि हुने बताएका हुन्। उनले आफूहरु संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागि हुने उल्लेख गरे। उनले संघ र प्रदेश सरकार दुवैमा आफुहरुको भुमिक हुने दाबी गरे।

उनले भनका छन् ‘हाम्रापनि मन्त्रीहरु हुनुहुन्छ। गठबन्धन दलमा हामीपनि सामेल छौँ। केन्द्रमा पनि हामी छौँँ। अब बिस्तारै हामी प्रदेश सरकारमा पनि सहभागि हुन गइरहेका छौँ। त्यस अर्थमा प्रदेशमा पनि र केन्द्रमा पनि हाम्रो भुमिका रहनेछ। पालिकामा जहाँ हाम्रो पार्टी संगठन छ, उहाँहरुको सहयोग लिएर, उहाँहरुसँग समन्वय गरेर गरेर काम गर्नुपर्छ। शिक्षक संगठनले पार्टीसँग समन्वय गरेर शक्ति वृद्धि गरेर दबाब सिर्जना गर्ने काममा तपाईहरु अगाडी बढ्नुहोस्।’

अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने बताए। उनले शिक्षकहरुको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने बताए। उनले कुनैपनि बालबालिकाहरुलाई विद्यालय बाहिर राख्नु नहुने उल्लेख गरे। सबैले कम्तिमा कक्षा १२ सम्म पढ्नसक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २८ चैत्र २०७९ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App