२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेकपा एसले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी गरेको छैन्: अध्यक्ष नेपाल

फाइल तस्बिर।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताएका छन्।

आईतवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए। त्यस्तै परराष्ट्र मन्त्रालयमा पनि काबिल व्यक्तिलाई जिम्मेवारी दिन आफ्नो सुझाव रहेको उनले भनाइ थियो।

उनले भने ‘मेरो मुखबाट त कहिलेपनि गृह पनि निस्किएको छैन। अर्थ पनि निस्किएको छैन। निस्किएको छ, अर्थ निस्किएको छ। परराष्ट्र निस्किएको छ। तर हाम्रो निम्ति होइन। मैले के भनेको छु भने अर्थ मन्त्रालय यस्तो व्यक्तिलाई दिनुस्, जसले देशको अर्थतन्त्रका समस्याहरुलाई राम्ररी बुझ्न सकेको छ। र समस्याको कारणहरु पत्ता लगाउन सक्दछ। र यसको समस्या दिनसक्छ। त्यस्ता व्यक्तिलाई खोजेर मात्रै अर्थ मन्त्रालयको जिम्मेवारी दिनुहोला है भनेर मैले उहाँलाई सुझाव दिएको छु। परराष्ट्र मन्त्रालयको पनि मैले त्यस्तै सुझाव दिएको छु कि हाम्रो देशको सामु थुप्रै चुनौतिहरु छन्। अन्तर्राष्ट्रिय परिस्थिति धेरै जटिल छ। यो सबै सन्दर्भमा हाम्रो देशको महत्वपूर्ण भुमिका हुने भएकाले त्यस कार्यमा पनि काबिल मान्छेको खोजी गरेर जिम्मा दिनुहोला। यो, उ, फलाना मैले केही पनि भनेको छैन।’

उनले सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि मात्रै सरकारले पूर्णता पाउने बताए। अध्यक्ष नेपालले गठबन्धनका दलहरुका बिचमा सरकारको साझा नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको उल्लेख गरे।

उनले सरकारको साझा नीति तथा कार्यक्रमा हस्ताक्षर भएसँगै सोही मान्यताका आधारमा सरकारले पूर्णता पाउने बताए।

उनले भने ‘आज बल्ल हामी अहिलेको सरकारको जुन नितिगत प्रतिवद्धता हो, साझा नीति र कार्यक्रम अगाडी सार्नुपर्ने, त्यसको निम्ति छलफल भइराखेको छ। छलफल भएर टुंगो लाग्ला। त्यो कागजमा हस्ताक्षर होला। त्यही वैचारिक मान्यता, त्यही नितिगत मान्यता, त्यही कार्यक्रमको मान्यताको आधारमा नै सरकारले पूर्ण आकार प्राप्त गर्नेछ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने विषयमा प्रत्येक पार्टीहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेको पनि बताए।

प्रकाशित: १२ चैत्र २०७९ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App