जुम्लाको तातोपानी गाउँपालिकाले एकल पुरुषहरूलाई वार्षिक भत्ता उपलब्ध गराउने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई पनि भत्ता दिने योजना ल्याएको हाे।
जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ मा खेल्ने भएकी छन्। यही साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जनाएका छन्।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अनुमतिबिनै इटाली लगेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका कार्यकारी अध्यक्षसहित पाँच जनालाई कारबाही गरेको छ।