१० असार २०८१ सोमबार
image/svg+xml
फोटो फिचर

टुडिखेलमा उधौली (फोटोफिचर)

किराँत धर्मावलम्बीको साकेला उधौली पर्वको दोस्रो दिन टुडिखेलमा मनाएको छ। शनिबार टुडिखेलमा किराँत धर्मावलम्बीहरुले साकेला उधौली पर्व मनाएका हुन्।  

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गरेर मंसिर शुल्क पूर्णिमाको दिनमा उधौली मनाउने गरिन्छ ।  

नेपालको पूर्वी पहाडी क्षेत्रमा मुख्य बसोबास रहेका किराँत समुदायले मङ्सिर शुक्ल पूर्णिमादेखि १५ दिनसम्म यो पर्व मनाउने गर्दछन्।  

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App