४ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

कसले गर्‍यो ‘चाइनिज भाइरस’को सिर्जना ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च १६ तारिख ट्विट् गर्दै कोभिड १९ लाई चिनियाँ भाइरस भनेर उल्लेख गर्नुभयो। उहाँले लेख्नु भएको थियो ‘अमेरिकाले चिनियाँ भाइरसबाट प्रभावित व्यवसायलाई सहयोग गर्नेछ’। चिनियाँ भाइरस ? अमेरिकी राष्ट्रपतिको शब्द चयनले चिनियाँहरुमा कडा आक्रोश देखायो।

सोही दिन चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवं केन्द्रीय वैदेशिक मामिला समितिको कार्यालयका प्रमुख याङ चेछले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग फोन वार्ता गर्नुभयो। सो अवसरमा कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने चीनको कार्य र प्रयासमाथि केही अमेरिकी राजनीतिज्ञले पूर्वाग्रही मूल्याङ्कन गर्नुका साथै चीनमाथि हिलो छ्याप्ने कामलाई चिनियाँ जनताले आक्रोश प्रकट गर्दै आलोचना गरेको उहाँले जानकारी गराउनुभयो। तर अमेरिकी विदेशमन्त्री पोम्पेओले पनि पहिला धेरैपटक कोरोना भाइरलाई ‘ऊहान भाइरस’ भन्नुभएको थियो। मार्च १७ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले यसरी चीनमाथि हिलो छ्याप्ने कार्यको चीनले कडा प्रतिवाद जानकारी दिँदै अमेरिकी भनाइको विरोध गर्नुभयो।

विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समाजले भाइरसलाई विशेष मुलुक तथा क्षेत्रसँग जोड्ने कार्य तथा कुनै मुलुकलाई दोषारोपण गर्ने प्रवृत्तिको विरोध गरेका छन्।

विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समाजले भाइरसलाई विशेष मुलुक तथा क्षेत्रसँग जोड्ने कार्य तथा कुनै मुलुकलाई दोषारोपण गर्ने प्रवृत्तिको विरोध गरेका छन्। विश्व स्वास्थ्य संगठनको आकस्मिक कार्यक्रमका जिम्मेवार व्यक्ति स्कोट माइकल र्‍यानले भाइरस सिमाना विहिन हुनुका साथै जाति, रङ र धनसित सम्बन्धित नभएको कुरा प्रष्ट पार्नुभयो। सबैले एकीकृत भएर महामारीका विरुद्ध लड्न उहाँले आह्वान पनि गर्नुभयो।

त्यसो भए के अमेरिकी राष्ट्रपति र विदेशमन्त्रीले यति संवदेनशील र यति सामान्य कुरा पनि साँच्चै बुझ्दैनन् ? यद्यपि थुप्रै सञ्चार माध्यमले कोभिड १९ चीनबाट फैलिएको भन्ने वाक्यांश प्रयोग गरिरहेको भए तापनि यो महामारीको सुरुवात बिरामी को थिए भनेर पत्ता लागिसकेको छैन। केही समयअघि अमेरिकी कांग्रेसको प्रतिनिधि सभाले आयोजना गरेको कोभिड १९ महामारीको सुनुवाई बैठकमा सांसद हार्ली रोडाले प्रश्न गर्नुभयो ‘फ्लूबाट केही अमेरिकीहरुको मृत्यु भएकामध्ये केहीमा कोरोना भाइरसको संक्रमण भएको थियो कि थिएन ?’ जवाफमा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ‘सीडीसी’ प्रमुख रोबर्ट रेडफिल्डको जवाफ यस्तो थियो — वास्तवमा अमेरिकाले केही बिरामीहरुमा कोरोना भएको पत्ता लगाएको छ। उहाँको यो सूचना गम्भीर र ध्यानाकर्षित छ। यो जवाफले अमेरिकामा कोभिड १९ संक्रमित बिरामीको मृत्युलाई फ्लूका कारण भएको भन्दै गलत निदान भएको पुष्टि गरेको छ। जसले कोभिड १९ अमेरिकाबाट सुरु भएको शंकालाई प्रमाणित गर्ने सुविधा दिएको छ।

सन् २०१९ सेप्टम्बरदेखि अमेरिकामा फ्लू सुरु भएको थियो। अमेरिकी सीडीसीको जानकारी भएअनुसार, यो फ्लूको समयमा कम्तिमा तीन करोड ७० लाख जना अमेरिकीमा संक्रमण भएको थियो जसमध्ये २२ हजार व्यक्तिको मृत्यु भएको थियो।

अक्टोबरमा सातौं विश्व सैन्य खेलकुदमा भाग लिन अमेरिकी सैन्य खेलाडीहरु चीनको ऊहानमा आएका थिए। सो अवधिमा केही विदेशी खेलाडीमा संक्रामक रोग लागेको थियो। उक्त विश्व सैन्य खेलकुदमा पदकको संख्याका आधारमा अमेरिका ३५ औँ स्थानमा परेको थियो। यो नतिजा अमेरिकाको बलियो सैन्य शक्तिसँग मिल्ने कुरा थिएन।

केही समयअघि क्यानडाको थिङ्क ट्याङ्क ‘ग्लोबल रिसर्च’ मा प्रकाशित लेखले चिनियाँ ताइवानी भाइरस विशेषज्ञको विश्लेषण उल्लेख गरेको छ। ती भाइरस विशेषज्ञका अनुसार, इरान तथा इटालीले स्थानीय भाइरसको जीन समूह सार्वजनिक गरेका छन्। ती जीन समूह चिनियाँ भाइरसको जीनभन्दा फरक छ। त्यसैले त्यहाँको भाइरस चीनबाट आएको होइन।

वास्तवमा चीनमा महामारी फैलिएको सुरुको समयमा ताइवान र जापानका टेलिभिजन कार्यक्रममा कोरोना भाइरस अमेरिकाबाट सुरु भएको शंका प्रस्तुत गरिएको थियो। हालसम्म यो कोरोना भाइरसको स्रोत, जीन अनुक्रम, विकसित अवस्था र उपचार तरिकाबारे ठोस वैज्ञानिक निष्कर्ष प्राप्त भएको छैन। चिनियाँ विद्वान र सर्वसाधारणहरुले वैज्ञानिक आधारमा महामारीको समीक्षा गर्नुपर्ने धारणा दृढताका साथ लिएका छन्।

यस्तो अवस्थाबाट ‘स्पेनी महा फ्लू’को विषय याद गर्नुपर्ने हुन्छ। सन् १९१८ देखि १९१९ सम्म फैलिएको महामारी फ्लू मानवजातिको इतिहासमा ज्यादै भयंकर संक्रमण थियो। जसबाट विश्वमा लगभग ५० करोड व्यक्ति संक्रमित हुनुका साथै अनुमानित २ करोड ५० लाखदेखि ४० करोडको मृत्यु भएको थियो। विश्वव्यापी रुपमा यो रोगको सरदर मृत्यु दर २ दशमलव ५ देखि ५ प्रतिशत पुगेको थियो।  तथ्याङ्कका अनुसार, यो महामारीको पहिलो बिरामी अमेरिकी कंशासमा तैनाथ सैनिक शिविरमा भेटिएका थिए। पहिलो विश्व युद्धको समय भएकाले उक्त महामारी फ्रान्स, बेलायत लगायत विश्वव्यापी रुपमा फैलिएको थियो। युद्धका दुवै पक्षले आफ्ना देशमा उक्त महामारी फैलिएको कुरा अस्वीकार गरेका थिए। तटस्थ स्थानमा रहेको स्पेनमा पनि यो महामारी फैलिएर लगभग ८० लाख जना संक्रमित भएका थिए। सो समयमा स्पेनका तत्कालीन राजा पनि उक्त महामारीबाट संक्रमित भए। स्पेनले मात्र महामारी फैलिएको अवस्था सार्वजनिक गरेका हुनाले उक्त महामारीलाई ‘स्पेनी महा फ्लू’ भनियो। स्पेनमा चाहिँ उक्त महामारीलाई ‘फ्रान्सेली महा फ्लू’ पनि भनिन्थ्यो।

भाइरसको उत्पति र नामकरणका सम्बन्धमा उल्लिखित उदारण हास्यास्पद छ। तर, अमेरिकी नेताहरुले जानाजानी महामारीको दोष चीनमाथि किन थोपरेका छन् ? किनभने अमेरिकी नेताहरु आफ्नो देशभित्र बढेको त्रास र आक्रोशलाई अन्यत्र मोड्न चाहन्छन्। कोभिड १९ महामारीका सामु विश्वका सबै देशले राम्ररी तयार गर्नुका साथै पूर्णरुपमा सामना गर्ने प्रत्याभूति गर्न नसक्ने विश्वास छ। महामारी फैलिएमा व्यक्तिगत जीवन तथा स्वास्थ्य, देशको अर्थतन्त्र तथा समाजमा सम्भावित गम्भीर क्षतिबारे सर्वसाधारणको त्रास र भयबाट फैलिएको आक्रोशलाई महसुस गर्न सकिन्छ। यस्तो अवस्थामा विभिन्न देशका सरकारहरुले विविध कदमद्वारा चिकित्सा र दैनिक जीवनका क्षेत्रमा अत्यावश्यकीय आपूर्तिलाई चुस्त बनाउने तयारी गरेर सर्वसाधारणमा आत्मविश्वास र सेवा दिनुपर्छ। हरेक सरकारले जिम्मेवार भएर पूरै समाजसँगै उक्त संकटको सामना गर्नु नै सबैभन्दा उत्तम उपाय हो। निराधार रुपमा अमुक शत्रु खडा गरेर सर्वसाधारणको त्रास र आक्रोशलाई अन्यत्र मोड्न खोज्नु मूर्खतापूर्ण कार्य मात्र हो।

यसअघि विश्व स्वास्थ्य संगठन डब्लुएचओद्वारा आयोजित पत्रकार सम्मेलनमा वैज्ञानिक डा. मारिया भान केरघोभेले कोरोना भाइरसको भौगोलिक स्रोत अथवा कुनै जनावरमाथि दोस दिने कार्यले महामारीको सामनामा कुनै सहयोग नपुग्ने औँल्याउनु भएको थियो। उहाँका अनुसार, महामारीको रोकथाम तथा नियन्त्रण र समस्याको समाधानमाथि नजर पुर्‍याउनुपर्छ। त्यससम्बन्धी शब्दको प्रयोगमा ध्यान दिनुपर्छ किनकि हिलो छ्याप्ने र आलोचना गर्ने कार्य कसैका लागि पनि सहयोगी नहुने बरु अझ बढी नकारात्मक नजिता दिन जिम्मेवार हुन्छन्।

अहिले कोरोना भाइरसबारे आशंका अझ बढी अमेरिकामाथि लक्षित हुँदै गएको छ। अमेरिकी सरकारले महामारीको विरुद्ध गरेको कमजोर कार्यबारे सर्वसाधाणको असन्तोष पनि बढ्दै गएको छ। अमेरिकाले समयमै राम्ररी महामारीको रोकथाम तथा नियन्त्रण कार्य गरेर बलियो वैज्ञानिक अनुसन्धान क्षमताको प्रयोग गरी कोरोना भाइरसको अनुसन्धान गर्नुपर्छ। यसो गरेमा अमेरिकाले विश्वमा महामारीको विरुद्धको कार्यलाई सहयोग गर्न मात्र होइन कोरोना भाइरस सम्बन्धी अमेरिकामाथि उठेको शंकाबारे विश्वलाई जवाफ दिने मौका पनि पाउँछ।

(चु मेइ (ललिता) चीनको राजधानी बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) को नेपाली सेवामा कार्यरत चिनियाँ पत्रकार हुन्।)

 

 

प्रकाशित: २९ चैत्र २०७६ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App