९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

आस्थामाथि प्रहार अर्थात् ‘मास किलिङ’

केही समयअघिको घटना हो। एक युरोपियन मुलुकको पत्रिकामा एउटा धर्मसँग सम्बन्धित कट्टरपन्थीले आक्रमण गरेर त्यहाँ रहेका व्यक्तिको हत्या गरे। संसारभर यो अमानवीय कृत्यको निन्दा भयो, भत्र्सना भयो। नेपालका प्रबुद्घ मानिसले त्यो निन्दा/भत्र्सनामा साथ दिए। मानवताको रक्षार्थ विश्वकै मानव एकजुट हुनुपर्छ, जुन स्वाभाविक हो। मानवका लागि मानव जीवनभन्दा बहुमूल्य केही अरु हुन सक्दैन । हत्यारा धार्मिक कट्टरपन्थीको निन्दा हुनुपथ्र्यो र संसारभर नै भयो । यस घटनाको मूल कारण के थियो भने पत्रिकाले त्यस धर्मको कुनै ‘आइडियल’को कार्टुन प्रकाशित गरेको थियो । सुन्दा÷पढ्दा घटना सामान्य लाग्छ– जाबो कार्टुन प्रकाशित गरेको निहुँमा हत्या गरिदिने ? अभिव्यक्ति स्वतन्त्रता उपलब्ध रहेको एक्काइसौं शताब्दीमा पनि यस्तो जघन्य तथा पासविक कृत्य हुने ?

आममानिसले मानव जीवनभन्दा मूल्यवान अरु केही देख्दैन, यसमा शायदै कसैको विमति नहोला । तर मानव जीवन के हो ? यसको शास्त्रीय, धार्मिक, दार्शनिक व्याख्या जे भए पनि त्यतापट्टि नगएर वस्तुगत चर्चा गरौं । के पाँच, छ, सात फुटको शरीरमा चलिरहेको श्वास÷प्रश्वास नै जीवन हो ? हृदयरूपी अवयवले रक्त सञ्चरण गर्नु जीवन हो ? आँखाले बहुरंगी संसार हेर्नु जीवन हो, कानले मधुर श्रवण गर्नु जीवन हो ? जिब्राले संवाद गर्नु, रसास्वदन गर्नु जीवन हो ? हातखुट्टाले नाना उद्यम गर्नु जीवन हो ? मस्तिष्कले सबै कार्य सम्पन्न गर्नु÷गराउनु जीवन हो ? के एउटा नवजात शिशुलाई कुनै किसिमको शिक्षा नदिइ उसलाई कुनै किसिमको विचार, भाषा, धर्म, जाति आदिबारे केही ‘इनपुट’ नहाली हुर्काइयो भने उसको अवस्था के होला ?

उसको मस्तिष्क हामीभन्दा स्वस्थ, उसको शरीर हामीभन्दा सबल हुन सक्छ, तर के ऊ हामीसामु उभिन सक्छ ? ऊ मनुष्य शरीररूपी पशुभन्दा पृथक हुन्न । शिशुमा आमादेखि युनिभर्सिटीहरूले चाहिने÷नचाहिने जे÷जे ‘डम्प’ गर्छन्, ती सबै विचार हुन्, अवधारणा हुन्, जुन उसको मस्तिष्कमा संग्रहित हुन्छन् । तीमध्ये कुनै विचारमा टेकेर हामीजस्तै मानिस बनेको हुन्छ । सबै जानकारी, सबै धर्म, सबै विज्ञान, सबै शब्द विचार हुन्, जुन मानव मस्तिष्कको प्राथमिक भोजन हो । मानिस जे छ, त्यो कुनै कुनै विचारको आधारभूमिमा टिकेको शारीरिक संरचना हो । कतिपय मनिषीले विचारलाई शत्रु मानेका छन्, अर्कै सन्दर्भका लागि भनिएको होला, अन्यथा विचारविहीनताको मानव शरीर एउटा रोबोटभन्दा पृथक हुन्न । एउटै विचार जब धेरै मानिसको विश्वास, श्रद्घा, आस्था बन्दै बन्छ, त्यो सिद्घान्त, धर्म, विज्ञान बन्न पुग्छ।

धर्म विचार हो, एउटा विशिष्ट अवधारणा हो । विभिन्न समुदायका आ–आफ्ना अवधारणा छन्, धर्म छन्, सम्प्रदाय छन् । कार्टुन छाप्ने पत्रिकाले त्यस धर्म मान्ने मानिसको विचारमा प्रहार गरेको थियो । त्यस धर्मविशेषले आफ्नो परम ईश्वरको कुनै चित्र बनाउँदैन । त्यो पत्रिकालाई त्यस धर्मविशेषका मानिसको विचार हत्या गर्ने अधिकार कहाँबाट प्राप्त भयो ? मानिस विचारको पुञ्ज हो, जसरी शरीर टेक्नलाई एउटा धरातल आवश्यक हुन्छ, त्यसरी नै ‘मनस’लाई पनि कुनै न कुनै विचारको धरातल चाहिन्छ । विचारको हत्या पनि जघन्य, निन्दनीय कृत्य हुन्न र ? आज म बडो दुःख एवम् अपशोचका साथ लेखिरहेको छु– त्यस पत्रिकाले पनि कसैको विचारको हत्या गरेको थियो, त्यो पनि जघन्य अपराधकै कोटीमा गनिनुपथ्र्याे। यो कुरालाई स्वीकार गर्नैपर्छ, कसैको विचार, कसैको विश्वास अनि आस्थामाथि गरिएका प्रहार पनि गम्भीर अपराधको कोटीमा गनिनुपर्छ । अभिव्यक्ति स्वतन्त्रताको अर्थ अन्य समुदायको विश्वासमाथि प्रहार गर्नु किमार्थ हुन सक्दैन ।

यो प्रसंग सम्झनामा आउनुको कारण मेरा एकजना मित्रले भर्खरै हिन्दु धर्म मान्नेहरूको एउटा अवतारमाथि गरेको भद्दा टिप्पणीले गर्दा हो । अभयजीले भगवान कृष्णको मानमर्दन गर्ने एउटा लेख लेख्नुभयो । म विनम्रतापूर्वक उहाँसँग एउटा कुरा सोध्न चाहन्छु, के उहाँ कृष्णभक्त हो वा आफूले मानिरहेको धर्म परित्याग गरेर उहाँ कृष्णमार्गी बन्न उत्सुक हुनुहुन्छ ? उहाँ कृष्णभक्त हो भने कृष्णको चरित्र, कृष्णको कार्य, कृष्णको गल्ती, कृष्णको रक्षण, कृष्णको पक्षपोषण, कृष्णको आलोचना, कृष्णको आलोचना, कृष्णमाथि समयक्रममा थोपरिएको धुलो सफा गर्ने उहाँसँग ‘वसुधैवकुटुम्बकम’ का हकले चर्चा गर्ने अधिकार रहन्छ । यदि उहाँ भविष्यमा कृष्ण परिवारको सदस्य बन्न आफूले मानिरहेको विश्वास र परम्परा त्यागेर उत्कट अभिलाषी हुनुहुन्छ भने प्रवेश गर्नुपूर्व त्यो परिवारमा रहेका विकृति, विसंगति, दोष, मिथ्या आचरणलगायत अन्य फोहोर सफा गर्ने, सल्लाह–सुझाव, परामर्श दिने प्रयत्न गर्न सक्नुहुन्छ । यदि यो दुवै होइन भने मेरो घरको धर्म, विकृति, फोहोर विश्वास, मेरा घरका मान्यजनको चरित्रले तपाईंको टाउको किन दुख्छ ? तपाईं मेरो घरको फोहोर सफा गर्न किन छटपटाइरहनुभएको छ ?

तपाईं आफू सफासँग, आफ्नो विश्वाससँग वा आफ्नो विश्वासमा पलाएका ऐजेरु सफा गर्न, परिमार्जन गर्न वा आफ्नो धर्म (जुनसुकै हुनसक्छ– मेरा लागि त कम्युनिज्म पनि धर्म हो जसका अनुगामीलाई म वास्तविक भन्छु) का ‘आइडल’हरुमाथि चियोचर्चो गर्नुस् । अरुको घरमा ताकझाक किन ? तपाईंको साहित्यिक भाषामा यसलाई व्यभिचारी मनस्थिति भने हुन्न र ? उहाँको लेखमाथि धेरै नै व्यक्तिले अभद्र, अशिष्ट, अमर्यादित भाषामा टिप्पणी लेखे । मेरो विचारमा लेखिनु हुन्न थियो, मूर्खतापूर्ण कृत्यको सबैभन्दा सुन्दर र उत्तम प्रतिक्रिया ‘इग्नोर’ गर्नु नै हुन्छ । जसजसले भावावेशमा आएर अमर्यादित टिप्पणी गरे उनले बुझून् लेखकीय मनोविज्ञान । तपाईंका नकारात्मक टिप्पणीले लेखकलाई थप ऊर्जा प्राप्त हुन्छ, ऊ झन् हौसिन्छ ।

तर के तपाईंलाई लाग्दैन, मित्र अभय, त्यो धर्मविशेषका अनुगामी वास्तवमै सहिष्णु हुन्, हिंसा हत्यामा विश्वास गर्दैनन् । दुई चार जनाको टिप्पणीले तपाईं कति आहत हुनुभयो, त्यो तपाईंको फेसबुक स्टाटसले नै देखाउँछ । तपाईंको इमेज के र कति हुनेछ ? तपार्इं मरेर गएपछि तपाईंलाई सम्झिने कति हुन्छन् । कृष्ण जुन करोडौं हृदयका धुकधुकी हुन्, पुस्तौदेखि जसले कृष्णलाई आराध्य मानिआएका छन्, तपाईंको लेखाइले उनीहरू कति आहत भए होलान्... त्यो महसुस गर्ने सामथ्र्य छ तपाईंसँग ? मेरो बाउ रन्डीबाज नै थियो तर मेरो बाउ त हो नि । तपार्इं मेरो इतिहास भइसकेको बाउलाई आज आएर रन्डीबाज भन्नुहुन्छ भने मैले पनि एक क्षणलाई होस गुमाइ तपाईंको खोजीमा हिँडे भने...के त्यो अनुचित हुन्छ ?

तपाईं लेखक हो, पत्रकार हो, म पनि थिएँ, अरु धेरै नै छन् । अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्नुहुन्छ भने देशकै वर्तमान संविधान उठाएर हेरौं । के कुनै लेखक÷पत्रकारलाई कुनै धर्मको अवहेलना गर्ने अधिकार दिइएको छ त्यहाँ ? सहिष्णुता, सहनशीलतालाई कायरता सम्झिनुहुन्न । मलाई यस अर्थमा अत्यन्त खुसी लागेको छ र त्यो धर्म विशेषप्रति मेरो सम्मान अझै बढेको छ कि त्यसले ‘कार्टुन प्रकरण’ जस्तो मुर्खता गरेन, ‘शठे शाठ्यम समाचरेत’ आफ्नो महावाक्य हुँदाहुँदै पनि ।

नेपालमा सुनियोजितरूपले एउटा धर्मविशेषलाई प्रहार गर्ने कार्य भइरहेको छ प्रगतिशीलताको नाममा । गत वर्ष नै संविधान लागु हुने बेला धर्म निरपेक्षताका विरुद्घ एउटा धर्मका मानिस गोलबद्घ भए र राष्ट्र धर्मसापेक्ष हुनुपर्छ भन्ने माग गरे । त्यो धर्ममाथि प्रहार गर्ने क्रममा एउटा गुरुमाथि प्रहार भयो पत्रपत्रिकामार्फत् । वनमारा गुरुको कथा शृंखलाबद्घ छापिए । ती गुरुले वन मासेको वर्षौं बितिसकेको थियो। तर, ऐन मौकामा प्रकाशमा ल्याइयो, नियत, षड्यन्त्र र उद्देश्य जे थियो, सबैले बुझे । पछि त्यो वनमारा गुरुबाट वन फिर्ता भयो कि भएन थाहा भएन किनकि वन फिर्ता गराउने उद्देश्य नै थिएन । उद्देश्य त थियो– त्यो बेलाको आवाज दबाइनु, धर्मलाई बदनाम गर्नु ।

ए तथाकथित प्रगतिशील हो, विज्ञानबाट केही सिक । चेतना ‘कलेक्टिभ’ र ‘इभोलभिग’ छ । दुई हजार वर्षपहिलेको चेतना, हजार वर्षपहिलेको चेतना, सय वर्षपहिलेको चेतना नै विकसित भएर यहाँसम्म आइपुगेको हो । अरस्तु, ग्यालिलियो, युक्लिड, पाइथागोरस, न्युटन, हकिङ आदिले दिएका ‘स्ट्रिङ थ्योरी’ले हावा खाइसके । अणु सबैभन्दा सानो संरचना रहेन, इलेक्ट्रोन, प्रोटोन, न्युट्रोनबाट बनेको र इलेक्ट्रोन, प्रोटोन, न्युट्रोन पनि क्वार्ककणले बनेको थाहा पाएको चरणमा पुगेको छ विज्ञान । तर कुनै वैज्ञानिकले आफ्ना पूर्वज उपहास वा उछितो काढेको पाइँदैन । बस्, उनीहरू सम्मानपूर्वक भन्छन्– ‘मेरो नयाँ खोजको धरातल त्यही गलत सावित भएको सिद्घान्त नै हो, त्यो नभए यो हुने थिएन ।’ चेतना पनि क्रमिक विकास हो ।

प्रगतिशीलहरुको हातमा भए त अब ‘युक्लिड’ किन पढ्ने ? विन्दुको जुन परिभाषा छ, त्यो फेर्नुप¥यो । सबैलाई हावाबाज गजेडी, नरोडी, अफीमची भनेर सफाया गर्नुप¥यो । यिनीहरुको नजरमा स्टिफेन हकिङ्स प्रगतिशील होइन, एलएचसीका अनुसन्धानकर्ता पनि प्रगतिशील छैनन्, अझै गलत साबित भए सिद्घान्तलाई निमिट्यान्न बनाउन लागिपरेका छैनन् ।

समग्रमा, अभिव्यक्ति स्वतन्त्रताको नाममा धर्मविशेष, सम्प्रदायविशेष, समुदायविशेषले बोकेको विश्वास, आस्थामाथि अन्य धर्मविशेष, सम्प्रदायविशेषका सदस्यले प्रहार गर्नुहुन्न, यो व्यक्ति हत्यामात्र होइन, समुदाय हत्या (मास किलिङ) को अपराध मानिनुपर्छ । उसको धर्म, विचार, ‘आइडियोलोजी’ मा रहेका वा देखिएका विकृति/विसंगति हटाउनु एकमात्र उसको दायित्व हो, अभयजी जस्ता लेखकको जिम्मेवारी होइन त्यो । 

 

 

 

 

प्रकाशित: २९ भाद्र २०७३ ०३:४७ बुधबार

आस्थामाथि प्रहार अर्थात् मास किलिङ