२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेइजिङ एक खानीमा बाढी पस्दा चौध जनाको मृत्यु

फाइल तस्बिर

राजधानी बेइजिङबाट  करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्।

यो महिनाको प्रारम्भमा त्यहाँ पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन्। 

खानीमा के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भईरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जनाएको छ।

हेबेइ फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ। चीनमा वर्सेनि खानी दुर्घटना हुने गरेका छन्। ती दुर्घटनामा अधिकांश मजदुरले ज्यान गुमाएका छन्।

प्रकाशित: २ आश्विन २०७९ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App