१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

औषधिमाथिको प्रतिबन्ध, मानवता विरुद्धको अपराधः युक्रेन

युक्रेनका स्वास्थ्य मन्त्रीले रुसी अधिकारीहरूले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएका छन्। आफ्नो देशमाथि  रुसले आक्रमण गरेदेखि औषधि जस्तो अत्यावश्यक क्षेत्र र सेवाको पहुँच माथि प्रतिबन्ध लगाएको र त्यो कार्य मानवता विरुद्धको अपराध भएको उनले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा बताएका छन्।

स्वास्थ्य मन्त्री भिक्टर लिआस्कोले रूसी अधिकारीहरूले कब्जा गरेका शहरहरू र गाउँहरूमा  जनतालाई राज्यले अनुदान स्वरूप उपलब्ध गराउँने औषधिहरूको  प्रवाहमा समेत अबरुद्ध गरेको बताएका छन्। विगत छ महिनाको युद्धको अवधिमा रूसले मानवीय कोरिडोरहरूमा सहज आवतजावतको अनुमति दिएको छैन जसले गर्दा बिरामीहरूलाई अनुदानका औषधिहरू समेत उपलब्ध गराउन समस्या भएको छ।

मन्त्री लिआस्कोले यस्तो निन्दनीय कार्यलाई मानवता विरुद्धको अपराध र युद्ध अपराध भनेका छन्। युक्रेनी सरकारले क्यान्सर र अन्य दीर्घ रोगीहरूलाई अनुदानमा औषधि उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको छ। तर युद्ध शुरु भए यता अस्पताल र  सडक लगायत अन्य थुप्रै पूर्वाधारको विनाशसँगै करिब ७० लाख मानिसको विस्थापनले यहाँको स्वास्थ्य प्रणालीलाई भताभुङ्ग बनाएको छ।

मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन्। यसैबीच विश्व स्वास्थ्य सङ्गठनले अगस्ट ११ सम्म अस्पताल र अन्य स्वास्थ्य सेवा सुविधाहरूमाथी ४४५ पटक आक्रमण भएको बताएको छ। ती आक्रमणहरूमा ८६ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन्।

प्रकाशित: २८ श्रावण २०७९ १७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App