२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एमसीसीबारे चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङको टिप्पणी: उपहार हो कि पाण्डोराज बक्स?

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पाण्डोराज बक्स हो भनेर प्रश्न गरेकी छिन्।

अमेरिकाको नेपालस्थित दूतावासले पाँच मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो, मलाई आश्चर्य लागेको’ उनले बताइन्।

सोही क्रममा उनले भनेकी छिन्, ‘यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ? यो उपहार हो वा पान्डोराज बक्स?’ यो एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो, तर चपाउन गाह्रो मासुमा बदलिन सक्ने डर रहेको उनले बताइन्।

अन्तर्राष्ट्रिय विकास सहयोग आपसी सहमति र समानताको सिद्धान्तमा आधारित हुनुपर्ने र सम्बन्धित देशको सम्प्रभुता र त्यहाँका जनताको इच्छाको सम्मान गर्नुपर्ने प्रवक्ता चुनयिङले बताइन्। उनले यस्तो सहयोग दिंदा सम्बन्धित देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने चीनको धारणा रहेको चुनयिङले बताएकी छिन्।

उनले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी अनुमोदन नगरे नेपालसँगको सम्बन्ध पनि पूनरावलोकन गर्ने भनेर भनेको कुरा पनि आफूले नोटिस गरेको पनि उल्लेख गरेकी छिन्। यसअघि पनि चीनले अमेरिकाको धम्कीपूर्ण कुटनीतिको विरोध गर्ने जनाइसकेको थियो।

एमसीसी स्वीकार गरेमा केही विज्ञहरुले नेपालको राष्ट्रिय सुरक्षा र सार्वभौकितामाथि आक्रमण हुने बताइरहेका बेला आफूहरु बलपूर्ण कूटनीतिको विरोधमा रहेको चिनियाँ विदेश मन्त्रालयले बताएको हो। नेपालमा एमसीसी सदनमा टेबुल भएको छ। अमेरिकाले यही फागुन १६ गते अर्थात फेब्रुअरी २८ भित्र पारित गराउन समयसिमा दिएको छ।

प्रकाशित: १२ फाल्गुन २०७८ ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App