३० वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बम विस्फोटका ३८ दोषीलाई मृत्युदण्ड

२००८ जुलाई २६ मा अहमदाबादमा शृंखलाबद्ध बम विस्फोटपछि सडकमा जम्मा भएका मानिस फाइल तस्बिरः रोयटर्स

भारतको एक अदालतले सन् २००८ मा बम विस्फोटका घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्युदण्ड र ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीश एआर पटेलले दोषीलाई यस्तो सजाय सुनाएका हुन्।

भारतको अहमदाबाद सहरमा भएको शृंखलाबद्ध वम विस्फोटका कारण ५० जनाको मृत्यु भएको थियो। विस्फोटका कारण भारतको पश्चिमी राज्य गुजरात नराम्ररी प्रभावित भएको थियो। यसअघि सन् २००२ मा भएको हिन्दु–मुस्लिम दंगामा यही राज्यमा हजारौंको मृत्यु भएको बताइन्छ।

त्यतिबेला मृत्यु हुनेमा अधिकांश मुस्लिम समुदायका थिए। सन् २००८ को जुलाई २६ मा गरिएका शृंखलाबद्ध बम विस्फोटको जिम्मा इन्डियन मुजाहिद्दिन नामक समूहले लिएको थियो। निर्दाेष मानिसको हत्या भएकाले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाउन सरकारी वकिलले माग गरेका थिए। अभियुक्तहरूको बचाउमा वकालत गरेका वकिलले यो निर्णयमा पुनर्विचार गर्न उच्च अदालतमा अपिल गरिने बताए।

‘अभियुक्तहरूले १३ वर्ष जेलमा बिताइसकेका कारण सजायलाई कम गर्नुपर्ने हाम्रो जिकिर थियो,’ खालिद सेखले रोयटर्सलाई भने। ‘तर अधिकांशलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। त्यसैले हामी उपल्लो अदालतमा अपिल गर्नेछौं,’ उनले थपे।  (रोयटर्स)

प्रकाशित: ७ फाल्गुन २०७८ ००:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App