६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वराष्ट्रपति यामिनलाई रिहा गर्न माल्दिभ्स उच्च अदालतको आदेश

माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन । तस्बिर/एजेन्सी

माले– देशको विद्यमान कानुनअनुसार पूर्वराष्ट्रपति अब्दुल्लाह यामिनलाई एक महिनाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भन्दै उनलाई रिहा गर्न माल्दिभ्सको उच्च अदालतले बिहीबार प्रहरीको नाममा आदेश दिएको छ।

आफ्नो कार्यकालमा होटल विकासका लागि टापुहरु भाडामा दिएको विषयमा सम्पत्ति शुद्धिकरणको मुद्धामा पूर्वराष्ट्रपति यामिनलाई गत फेब्रुअरी १८ का दिन पक्राउ गरिएको थियो।

राजधानी मालेस्थित उच्च अदालतका तीन जना न्यायाधीशको बेञ्चले पूर्वराष्ट्रपति यामिनलाई थप समय हिरासतमा राख्नेबारे सरकारी अभियोजनकर्ताले पर्याप्त प्रमाण जुटाउन नसकेको भन्दै उनलाई रिहा गर्न आदेश दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

आफ्नो कार्यकालमा विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनसँग नजिकको सम्बन्ध बनाएका यामिनले  गत वर्ष सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा आश्चर्यचकित रूपमा पराजय भोगेका थिए।

यामिनका आलोचकहरुले उनी पदमा बहाल रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन्। यद्यपि यामिन पक्षधरले भने आलोचकहरुका त्यस्ता आरोप राजनीति प्रेरित भएको भन्दै शक्तिमा रहँदा उनले राष्ट्रिय हितलाई मात्रै हेरेको जिकिर गर्ने गरेका छन्। 

 

प्रकाशित: १५ चैत्र २०७५ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App