टाेकियाे - जापानमा सोमबार बिहान गएकाे शक्तिशाली भूकम्पमा परी ८० वर्षीय एक वृद्ध र ९ वर्षीया बालिकाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको हो ।
स्थानीय समयअनुसार बिहान ७ः५८ बजे ६.१ म्याग्निच्यूडकाे भूकम्पकाे गएकाे हाे। भूकम्पबाट भएकाे क्षतिको विवरण भने अाइसकेकाे छैन।
पश्चिमी जापानको ओसाकामा भूकम्पले बढी क्षति गरेकाे समाचार एजेन्सीमा उल्लेख गरिएकाे छ । भूकम्पपछि सुनामीको खतरा बढेकाे छ।जापानीका प्रधानमन्त्री सिन्जो आबेले राहत तथा उद्धार कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेकाे बताएका छन्।
प्रकाशित: ४ असार २०७५ ०३:२० सोमबार