सोल - दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई भ्रष्टाचारको काण्डमा सामेल भएकाेमा २४ वर्षको जेल सजायका लागि जेल चलान गरिएकाे छ ।
शक्तिको र सत्ताकाे दुरुपयोग गरी राष्ट्रपति पार्कले भ्रष्टाचार गरेकाे सरकारी वकिलकाे टाेलीले लामाे समयकाे अनुसन्धानपछि पत्ता लगाएकाे हाे। ६६ वर्षकी पार्कले सत्ता रहँदा भ्रष्टाचार गरेकी हुन्।
भ्रष्टाचारमा संलग्नताकाे अाराेपलार्इ अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाभियोग लगाएर राष्ट्रपति पदबाट बर्खास्त गरिएको थियो। उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन्।
प्रकाशित: २३ चैत्र २०७४ ०७:१२ शुक्रबार